Ad #144479

आज वि.स. २०७८ साल असाेज १३ गते। बुधबार । तपाईंको आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):

दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यवसायिक छोटो यात्राहुनेछ । नयाकाममा पराक्रम बढ्नेछ । जिम्मेवारी सामना गर्नु पर्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):

आज आलस्य र थकानको अनुभूति हुनेछ । खानपिनमा रमाइलो मिल्नेछ । मीठो बाेली बिक्नेछ । धन लाभको योग पर्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा):

यात्रा गर्दा सचेत हुनुपर्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । नयाँ काममा खर्च हुनेछ ।स्वास्थ्यमा प्रगति हुनेछ । परिवारसँग रमाइनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो):

आज गरेका काममा ढिलासुस्ती हुनेछ । कृषि काममा लगानी बढ्नेछ । सरसामान हराउन सक्नेछ । आर्थिक क्षति वेहोर्नु पर्नेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे):

आज शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ । किनमेलमा खर्च हुनेछ । कृषि काममा लाभ पाइनेछ । व्यापारमा सन्तोष मिल्नेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो):

आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । ठुलाबडाले साथदिनेछन् । सामाजिक काममा चर्चा मिल्नेछ । सरकारी साथपाइनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते):

आज लाभदायक यात्रा हुनेछ ।सामाजिक काममा व्यस्तता बढ्नेछ । अधुरा काम बन्नेछन् । वैदेशिक फाइदा मिल्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू):

आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।सामाजिक अपजसको भय हुनेछ । काम बीचमा रोकिनेछ । गुप्त शत्रु जाग्नेछन् ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे):

कृषि कार्यबाट लाभ मिल्नेछ । प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी):

धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । वादविवाद साम्य हुनेछ । राम्रो काममा खर्च हुनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा):

आज मनमा सात्विक बिचारहरू र अनुहारमा चमक आउनेछ । आम्दानीले साथदिनेछ । अध्ययन क्षेत्रमा प्रगति हुनेछ । सन्तति सुख बढ्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):

विद्या र नयाँ ज्ञान बढ्नेछ । घरायसी काममा विवाद हुनेछ । पैतृक धनको अशान्तिले पिर्नेछ । सन्तानलाई विसन्चो बढ्नेछ ।

राशिफलले जे जस्तो भनेपनि तपाईंको दिन शुभ रहोस्।