Ad #144479

३१ भदौ, काठमाण्डौ। आज बिहीबार मुलुकका धेरै स्थानमा वर्षाको आँकलन गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिमका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै राति पनि देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुर पश्चिम प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

काठमाण्डौ उपत्यकामा आज दिनभर मौसममा बदली हुने छ । अधिकांश समय मौसममा बदली हुँदा घाम नलाग्ने महाशाखाले जनाएको छ ।