वि.सं.२०७८ साल भदौ ३१ गते । बिहीबार । तपाईंको आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):
पारिवारिक माहोलमा मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । कामहरु समयमा नै सम्पन्न हुने हुनाले थप काम गर्न जोस जागर बढेर आउनेछ । सहयोगीहरुबाट आर्थिक लाभ हुनेछ भने उपहार प्राप्तिको योग रहेको छ । तपाईको चुम्बकिय ब्यात्तित्वले सबैको मन तान्नेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरु फराकिला हुनेछन् ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):
लामो समयदेखि रोकिएका कामहरु बन्नुको साथै गरिरहेको कामबाट मनग्गे आम्दानी हुनेछ । आफन्त तथा जीवनसाथिको साथ पाईने हुनाले मन प्रशन्न हुनेछ । समाजमा तारिफयोग्य काम गरी नाम कमाउन सकिनेछ भने सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्बाह गर्नु पर्नेछ । बिहानको समय मध्यम रहेकोले यात्रा गर्दा वा नयाँ काम गर्दा ध्यान दिनुहोला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा):
बिहानको समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ । मध्यान्हबाट समय मध्यम रहेकोले अग्रज तथा आफन्तसँग बैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ सचेत रहनुहोला । मायाप्रेममा धोका हुनेछ भने पतिपत्नीबीच दाम्पत्य जीवनमा घटपट आउनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो):
कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान पाइने समय छ। जीवनसाथिको साथ रमाईलो यात्रा गर्न सकिनेछ भने यात्राबाट सकारात्मक नतिजा हात लागि हुने योग रहेको छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):
व्यावसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरु स्वत ठिक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईको काममा सहयोग हुनेछ । पढाईलेखाईमा अरुभन्दा अग्र पंतिमा तपाईको नाम आउनेछ । अदालतबाट आउने निर्णयहरु तपाईकै पक्षमा आउने हुनाले एक किसिमको उमङग शरिरमा आउनेछ । मायाप्रेममा नजिक भई रमाउन सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो):
व्यापार व्यवसाय फस्टाएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ हुनेछ । सन्तानको प्रगती देखेर मन रमाउनेछ भने बंश बृद्धिको गतिलो सम्भावना रहेकोछ । पढाईलेखाई अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्तहरु खुशि हुनेछन् । आकस्मिक धन तथा सम्पती लाभ हुने योग रहेको छ । आफुले मन पराएको मानिसबाट उपाहार प्राप्त हुने हुनाले मन प्रशन्न रहनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते):
बिहानको समय राम्रो रहेकोले पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिश्पर्धिहरु परास्त हुँनेछन् । मध्यान्हबाट समय मध्यम रहेकोले राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्बसाधारण सँग सन्तुतिल व्यबहार गर्नुहोला काम बिग्रने हुदा मान सम्मानमा कमि हुनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू):
तपाईंले सुरु गरेको काममा आफन्त तथा दाजुभाईहरुको सहयोग तथा समर्थन पाईनेछ । व्यावसायबाट मनग्गे लाभ लिन सकिनेछ भने घर परिवारका आवश्यक्ताहरु पुरा गर्न सकिनेछ । बिवादित बिषयहरु तपाई आफ्नै पक्षमा निर्णय हुनेछन् । प्रेममा नजिक हुने समय रहेकोछ भने लामो समयदेखि भेट नभएका मित्रहरु भेटिने हुँदा मन प्रशन्न रहनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे):
व्यापार फस्टाएर जाने हुनाले थप लगानी गर्ने वातावरण बनेर जानेछ । कार्यक्षेत्रमा तपाईको निर्णयको उच्च सम्मान गरिनेछ भने बिशिष्ट व्यक्ति मार्फत सम्मान पाउने योग रहेकोछ । कुटुम्बसँग मिलेर गरिने व्यापार व्यावसाय फस्टाएर जानेछ । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराउँदै अगाडी बढ्न सकिनेछ । मायाप्रेममा सामिप्यत बढ्नेछ भने पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । साथिभाई संगको रमाईलो बसाईमा स्वादिष्ट भोजनका साथ समय व्यतित गर्न सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी):
प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखि रहनेछ । पढाई लेखाईमा प्रतिस्पर्धीहरुलाई हराउदै अगाडी बढ्न सकिनेछ । बिभिन्न अवसरले पछ्याउनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुने हुँदा आफन्तहरु खुशि हुनेछन् । सुन्दर तथा बिलाशी वस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा):
समयमा काम नबन्ने हुनाले आर्थिक पाटाहरु कमजोर रहनेछन् । लेनदेनको विवादले आत्म सम्मानमा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । टाडाको यात्रा हुने भएपनि यात्राको क्रममा दुःख पाईनेछ । शरिरमा आलश्यता बढेर जानेछ भने भौतिक तथा विलाशी वस्तु हराउन सक्छ ख्याल गर्नुहोला । तरपनि विदेशमा बसेर काम गर्नेहरुका लागि वा विदेशी सामानको व्यापार गर्नेहरुका लागी समय राम्रो रहेकोछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):
मायाप्रेममा सामिप्यता बढ्ने तथा पतिपत्नीबीचको सम्बन्धमा सुधार भएर जानेछ । दाजुभाईले तपाईको काममा आर्थिक सहयोग गर्ने हुनाले मन प्रसन्न रहनेछ । ईच्छा तथा मनोकामनाहरु पुरा हुनेछन् । दिगो काम गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । व्यापार व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने आम्दानिका स्रोतहरु फराकिला हुनेछन् ।
राशिफलले जे जस्तो भनेपनि तपाईंको दिन शुभ रहोस्।











