८ श्रावण, काठमाण्डौ। जल तथा माैसम पूर्वानुमान महाशाखाले देशभर शुक्रबारको मौसममा सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएकाे छ।
प्रदेश १, लुम्बिनी तथा बागमती प्रदेशका एक/दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको माैसमिवदले जानकारी दिएका छन्।
अहिले बिहान देशभर सामान्य देखि पूर्ण बदली रही कर्णाली र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
त्यस्तै राति पनि देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेकाे सूचनामा उल्लेख छ। राति सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
प्रदेश १, बागमती, लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हुनाले पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाे महाशाखाले जनाएकाे छ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ।











