काठमाण्डौमा भुकम्पको धक्का महसुस

८ श्रावण, काठमाण्डौ। काठमाण्डौमा भुकम्पको धक्का महसुस भएको छ। बिहान ७ बजेर ५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो।

 राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी नजिक केन्द्रविन्दु भएर भूकम्प गएको हो । केन्द्रका अनुसार ३.५ म्याग्निच्युटको भूकम्प मापन भएको छ ।