३ श्रावण, काठमाण्डौ। संसदमा विश्वासको मत माग्दै प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई कोभिड प्रकोपबाट जोगाउनु सरकारको पहिलो प्राथमिकता रहेको बताउनु भएको छ।
सरकारले कोरोना रोकथामका लागि सबै उपाय अवलम्बन गर्ने छ भन्ने विश्वास दिलाउन चाहन्छु भन्दै उहाँले अहिले मुलुक जटिलताको स्थितिमा रहेको बताउनु भयो।
प्रधानमन्त्री देउवाले पटक पटक प्रतिनिधिसभाको विघटनका कारण देशका केहि समय राजनीतिक अन्योलताको स्थिति भोग्नुपरेको बताउनु भयो ।
साथै उहाँले सबै सांसदहरुलाई आफूलाई विश्वासको मत दिन आव्हान गर्नुभयो ।












