३ श्रावण, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा २३४, भक्तपुरमा ३६ र ललितपुरमा ६४ जना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २३ जना संक्रमितको मृत्यु भएको छ।












