२७ असार, काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअगाडि कोरोनाविरूद्ध खोपको अभाव हुन्छ कि जस्तो देखिए पनि अहिले खोप आउने क्रम सुरू भएको र खोप अभाव नहुने बताएका छन्।
प्रधानमन्त्री ओलीले आज बिहान वीर अस्पतालको सर्जिकल भवन उद्घाटन गर्दै भने, ‘भोलि पनि भ्याक्सिन आउँछ। त्यसपछि पनि निरन्तर भ्याक्सिन आउँछन्। भ्याक्सिन ल्याउने र जनतालाई उपलब्ध गराउने र गतिसाथ सकेसम्म ठूलो संख्यालाई भ्याक्सिन उपलब्ध गराउने कुरामा अभाव हुन नदिन हामी नयाँनयाँ सम्झौताका लागि सहमतिका प्रयास गरिराखेका छौं।’
उनले भने, ‘लगभग यस वर्षको अन्त्यमा भ्याक्सिन लगाएर सक्ने गरी प्रयास गर्दैछौं। अब भ्याक्सिन अभावबाट तड्पिनु पर्ने अवस्था आउँदैन।’ साथै उनले सन् २०२१ को अन्त्यसम्म मोटामोटी रूपमा खोप लगाइसक्ने पनि बताए।
[sidebar name="button post"]











