चाँदीको मूल्य बढ्दा सुनको मूल्य स्थिर

२७ असार, काठमाण्डौ। नेपाली बजारमा आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढ्दा सुनको मूल्य भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला १० रुपैयाँले वृद्धि भएर एक हजार ३१५ रुपैयाँ कायम भएको छ। आज सुन गत शुक्रबारकै मूल्य ९२ हजार ४०० रुपैयाँ कायम भएको हो ।

त्यस्तै आज तेजाबी सुनको मूल्य समेत गत शुक्रबारकै कायम हुँदै ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

[sidebar name="button post"]