कोरोना अपडेट : २४ घण्टामा थप २,९७९ जनामा कोरोना पुष्टि, २८ जना संक्रमितको मृत्यु

२३ असार, काठमाण्डौ। पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ८ सय ३५ पीसीआर परीक्षणबाट २ हजार ७७ जना र ४ हजार ६३ एन्टिजेन परीक्षणबाट ९ सय २ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा थप २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने थप १३ सय ३३ जना कोरोना संक्रमणमुक्त भएका छन्।

[sidebar name="button post"]