२३ असार, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ५४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा ३९०, ललितपुरमा ८६ र भक्तपुरमा ६७ जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ९ सय ७९ जना कोरोना संक्रमित थपिएका छन् भने २८ जनाको मृत्यु भएको छ।
त्यस्तै आज थप १३ सय ३३ जना कोरोना संक्रमणमुक्त भएका छन्।
[sidebar name="button post"]











