युरो कप २०२० : आज इंग्ल्याण्ड र डेनमार्क भिड्दै

युरो कप २०२० अन्तर्गत दोस्रो सेमिफाइनलमा बुधबार राति इंग्ल्याण्ड र डेनमार्क भिड्दैछन्। नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुने खेलको विजेताले उपाधिका लागि इटालीसँग प्रतिस्पर्धा गर्नेछ।

यसअघि इटालीले मंगलबार राति स्पेनलाई टाइब्रेकरमा पराजित गरेको थियो। क्वाटरफाइनलमा डेनमार्कले चेक गणतन्त्र र इंग्ल्याण्डले युक्रेनलाई हराएका थिए। युरोकपमा डेनमार्क २९ वर्षपछि सेमिफाइनल पुगेको हो।

यता इंग्ल्याण्ड पहिलो पटक युरोकपको फाइनल पुग्ने प्रयासमा छ। यसअघि विश्वकपमा भने सन् १९६६ मा फाइनलमा पुगेको थियो।इंग्ल्याण्डले ११ खेलयता हार ब्यहोरेको छैन। यसबीचमा उसले १० जित र एक बराबरीको नतिजा निकाले को छ। अन्तिम पटक गत नोभेम्बरमा बेल्जियमसँग २-० गोलले पराजित भएको थियो। जारी प्रतियोगितामा विश्वकपको उपविजेता क्रोएसियालाई पराजित गर्दै इंग्ल्याण्डले यात्रा अगाडि बढाएको थियो।

[sidebar name="button post"]