२३ असार, काठमाण्डौ। भारतका चर्चित अभिनेता दीलिप कुमारको ९८ वर्षको उमेरमा निधन भएको छ। बुधबार बिहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनको हिन्दूजा अस्पतालमा निधन भएको हो ।
उनले पाँच दशक लामो चलचित्र यात्रामा ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए। सास फेर्न गाह्रो भएपछि उनलाई जुन ३० मा अस्पताल भर्ना गरिएको थियो।
बिहान ८ बजे दीलिप कुमारको ट्वीटर ह्याण्डलबाट पनि निधनको जानकारी दिइएको छ । पारिवारिक साथी फैसल फारुकीले सो ट्वीट गरेका हुन् ।
भारतीय प्रधानमन्त्री नरेद्र मोदीले उनको निधनमा दुःख व्यक्त गर्दै भारतीय चलचित्र क्षेत्रलाई अपूरणीय क्षति भएको जनाएका छन् ।
दीलिप कुमारलाई गएको हप्ता अस्पताल भर्ना गरिएको थियो । यसअघि स्वासप्रस्वासमा समस्याभएपछि जुन ६ मा उनलाई अस्पताल लगिएको थियो ।
‘ट्रेजढी किङ्ग’ का रुपमा सुपरिचित रहेका दीलिप कुमारले आफ्नो पाँच दशक लामो चलचित्र यात्रामा ‘मुगले आजम, देवदास, राम और श्याम’ जस्ता हिट चलचित्र दिएका छन् ।











