प्रतिनिधिसभा विघटन मुद्दा : निवेदकको जवाफी बहस पनि सकियो

२१ असार, काठमाण्डौ। प्रधानमन्त्री नियुक्ति र प्रतिनिधिसभा विघटनको मुद्दामा रिट निवेदकको तर्फबाट जवाफी बहस पनि सकिएको छ। आज बरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद भण्डारी, हरिहर दाहाल, शम्भु थापा र बद्रीबहादुर कार्कीले जवाफी बहस गरेका हुन्।

जवाफी बहसका लागि उनीहरुलाई तीन घण्टा समय दिइएको थियो। चिया ब्रेकपछि एमिकस क्युरीको तर्फबाट राय राख्ने तयारी छ। एमकिस क्युरीमा रहेका चार जनालाई दुई घन्टा समय छुट्याइएको छ।

[sidebar name="button post"]