नौ दिनदेखि हराइरहेकी चितवनकी सुजिता भण्डारीको शव राप्ती नगरपालिकाको ब्रह्मस्थानी सामुदायिक वनमा भेटियो

चितवनको राप्ती नगरपालिकाबाट नौ दिनदेखि बेपत्ता युवतीको शव स्थानीय जंगलमा फेला परेको छ ।

नौ दिनदेखि हराइरहेकी चितवनकी सुजिता भण्डारीको शव राप्ती नगरपालिकाको ब्रह्मस्थानी सामुदायिक वनमा भेटिएको हो ।

भण्डारी असार ११ गते विहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी थिइन् । सोही दिन उनले १२ बजे दिदीलाई फोन गरेर अपहरणमा पारेको बताएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

आइतबार अपराह्न शव भेटिएको थियो । शव साँझ मात्र सुजिताका परिवारले पहिचान गरेका थिए ।

सुजिताले बेपत्ता भएकै दिन दिदीलाई फोन गरेर आफूलाई तीन जनाको समूहले अपहरण गरेको बताएको अनुसन्धानबाट खुलेको छ । त्यस लगत्तै परिवारले भण्डारीको अपहरण भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

घटना लगत्तै घटनाबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीसमेत अनुसन्धानमा खटिए पनि केही सुराक भेटाउन सकेको थिएन ।

आइतबार जंगलमा च्याउ टिप्न गएका स्थानीयहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान जारी नै रहेको बताएको छ ।

[sidebar name="button post"]