विश्वमा सबैभन्दा धेरै मानव तस्करी हुने मुलुकमा नेपाल दोस्रो स्थानमा रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
अमेरिकी विदेश मन्त्रालयले जारी गरेको रिपोर्टमा नेपाल यस वर्ष पनि दोस्रो श्रेणीमा रहेको देखाएको छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकेनले गत बिहीबार सार्वजनिक गरेको विश्वव्यापी मानव तस्करीबारे ६४४ पृष्ठ लामो रिपोर्टमा नेपाल मानव तस्करी हुने मुलुकको दोस्रो श्रेणीमा देखिएको हो ।
कोरोना महामारी (कोभिड–१९) ले तस्करी रोक्ने सरकारी प्रयासलाई असर गरे पनि यसअघिको तुलनामा राम्रो प्रयास गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा नेपाल सरकारले मानव तस्करी उन्मूलनका लागि प्रयास गरे पनि न्यूनतम मापदण्ड नै पूरा गर्न नसकेको जनाइएको छ ।
विगत १३ बर्षदेखि नै अमेरिकाले नेपाललाई मानव तस्करीका सन्दर्भमा दोश्रो श्रेणीमा मा राख्दै आएको छ ।
[sidebar name="button post"]











