क्यानडामा प्रचण्ड गर्मीका कारण ६९ जनाको मृत्यु भएको छ । दक्षिणी प्यासिफिक उत्तरपश्चिममा तापक्रम निरन्तर बढ्दो क्रममा छ ।
ब्रिटिस कोलम्बियाको प्रहरीले ६९ जनाको अप्रत्यासित रुपमा निधन भएको र अधिकांश पाको उमेरका रहेको जनाएको छ।
मंगलबार लगातार तेस्रो दिन क्यानडाको अधिकतम तापक्रम कीर्तिमानी तहमा पुग्यो । ब्रिटिस कोलम्बियाको लिटनको तापक्रम ४९.५ डिग्री सेल्सियस पुगेको हो । यो हप्ता पहिले क्यानडाको तापक्रम कहिल्यै पनि ४५ डिग्री भन्दा माथि पुगेको थिएन ।
अझै केही दिन तापक्रम उच्च रहने र तातो हावा चल्ने चेतावनी इन्भाइरोमेन्ट क्यानडाले दिएको छ।
यसैबिच अमेरिकामा पनि गर्मी निरन्तर बढ्दो क्रममा छ ।
ओरिगनको पोर्टल्याण्डको तापक्रम ४६.१ डिग्री सेल्सियस र सियाटलको ४२.२ डिग्री सेल्सियस पुगेको हो ।
[sidebar name="button post"]









