पछिल्लो २४ घण्टामा भारतमा थप ४५ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौँ–   भारतमा थप ४५ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४५ हजार ६९९ जनामा संक्रमण भएको छ । भारतमा संक्रमितको दैनिक वृद्धि एक लाखभन्दा कम भएको यो लगातार २३औँ दिन हो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३ लाख ६१ हजार ६९९ पुगेको छ ।

यस्तै त्यहाँ एकै दिन ८१६ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ९८ हजार ४८४ पुगेको छ ।

[sidebar name="button post"]