काठमाण्डौ – कोरोना भाइरसविरुद्ध लगाइने दुई मात्रा खोप फरक–फरक कम्पनीको लगाउँदा पनि राम्रो नतिजा आउने एक अध्ययनले दाबी गरेको छ ।
बेलायतमा गरिएको एक अध्ययन अनुसार कोरोना सङ्क्रमणलाई रोक्न एक व्यक्तिले फरक कम्पनीको खोप लगाउन सक्नेछन् । फाइजर र एस्ट्राजेनेकाका खोपमा पहिलो मात्रा एउटा कम्पनी र दोस्रो मात्रा अर्को कम्पनीको लगाउँदा प्रभावकारी देखिएको अध्ययनको निष्कर्ष रहेको छ ।
केही देशमा कोरोनाविरुद्ध खोपको पहिलो मात्रा र दोस्रो मात्रा फरक/फरक कम्पनीका दिन समेत थालिएको छ ।
स्पेन, जर्मनीलगायत देशहरुमा एस्ट्राजेनेकाको पहिलो मात्रा लिएका युवाहरुलाई दोस्रो मात्रा फाइजरको दिइएको छ ।
गएको अप्रिलमा २० जनालाई कोभिष्टेलको पहिलो मात्रा दिइएको थियो भने दोस्रो मात्रा कोभ्याक्सिनको दिइएको थियो । उनीहरुलाई फरक कम्पनीका खोप दिनेबित्तिकै तत्काल अनुसन्धान गर्न आदेश दिइएको बीबीसीले जनाएको छ।









