भक्तपुरमा बालिका बलात्कार अभियोगमा एक जना पक्राउ

१४ असार, भक्तपुर। महानगरीय प्रहरी परिसर भक्तपुरले १२ बर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा बैतेश्वर गाउँपालिका– ४ घर भइ हाल भक्तपुर नगरपालिका–९ चोखा बस्ने ३२ वर्षीय बसन्त दमाई छन् ।

बालिकाकी आमाले महानगरीय प्रहरी बृत्त जगातीमा किटानी जाहेरी दिएपछि प्रहरीले दमाईलाई आज पक्राउ गरी सार्वजानिक गरेको प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।

[sidebar name="button post"]