काठमाडौँ– मंगलबार (भोलि) १८ औँ धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदैछ । ‘धान उत्पादनमा वृद्धि : खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ नारासहित धान दिवस मनाउन लागिएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कोरोना भाइरसको जोखिम कायमै रहेको हुँदा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी दिवस मनाउन आग्रह गरेको छ ।
मन्त्रालयले राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा कोभिड १९ का सम्बन्धमा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षा मापदण्ड जारी गर्दै भनेको छ, ‘कृषि कर्मलाई नियमित नराखे निकट भविष्यमा खाद्य तथा पोषण असुरक्षाको अवस्था आउनसक्ने सम्भावना भएकाले कृषि सम्बन्धी गितविधिहरु आवश्यक सतर्कता अपनाइ नियमित गर्न आवश्यक रहेको छ ।
मन्त्रालयले कोरोना संक्रमणबाट बच्न नेपाल सरकारले तोकेको मापदण्ड पूर्ण पालनाका साथ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउनुपर्ने जनाएको छ । न्यूनतम सामाजिक दूरी २ मिटर कायम हुने गरी स-साना उपसमूहमा रहेर रोपाइँ महोत्सव आयोजना गर्नुपर्ने जनाएको छ ।
यस्ता छन् मापदण्ड










