काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने तयारी

काठमाडौँ । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने तयारी गरिएको छ । निषेधाज्ञा थप एकसाता लम्ब्याउँदै थप खुकुलो बनाउने तयारी गरिएको हो । पछिल्लोपटक थप गरिएको निषेधाज्ञा आज राती १२ बजे सकिँदैछ ।

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच छलफलका भएको थियो । सो क्रममा निषेधाज्ञाको मोडालिटीलाई थप खुकुलो बनाउने गरी परिमार्जन गर्नेबारे कुराकानी भएपनि औपचारिक निर्णय भने भएन ।

गृहमन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सीसीएमसीसँग समन्वय निषेधाज्ञाको मोडालिटी संशोधन गर्ने तयारी भइरहेको छ । ‘त्यसका लागि संयुक्त बैठक बस्दैछ ।

अहिले निजी सवारी साधनहरू गत सातादेखि नै जोर-बिजोर प्रणालीअनुसार सञ्चालन भइरहेका छन् भने कपडालगायत पसल पनि बारअनुसार खोल्न दिइएको छ ।

[sidebar name="button post"]