१४ असार, काठमाण्डौ। मनसुन सक्रिय भएसँगै देशभर वर्षा जारी छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम सोमबार पनि सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । मनसुनी वायुको प्रभाव र दक्षिणी भू–भाग नजिक मनसुनी न्यून चापिय रेखा रहेकाले मौसम प्रभावित भएको हो ।
अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेश तथा प्रदेश १ का थोरै स्थानमा वर्षा भइरहेको छ । आज देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
त्यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
[sidebar name="button post"]









