प्रतिनिधिसभा विघटन : आजदेखि सरकार पक्षका वकिलहरुको बहस शुरु

१४ असार, काठमाण्डौ। प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा आजदेखि सरकारी पक्षको बहस सुरु हुने भएको छ । आइतबार रिटनिवेदन कर्ताको तर्फबाट बहस सकिएसँगै आजदेखि सरकारी पक्षको बहस सुरु हुन लागेको हो ।

रिट निवेदकहरुलाई प्रारम्भिक बहसका लागि १२ घण्टाको समय दिइएको थियो । सो अवधिमा निवेदक पक्षका ३६ जना कानुन व्यवसायीले बहस गरेका छन् । आइतबार मात्र १६ जना कानुन व्यवसायीले बहस गरेका थिए । धेरैजसो वकिल÷कानुन व्यवसायीले पाँच मिनेट मात्र बोल्न पाएका थिए ।

आज ‘सोमबार’देखि भने मुद्धा विपक्षी अर्थात सरकार पक्षबाट बहस सुरु हुनेछ । यसमा प्रधानमन्त्री तथा राष्ट्रपतिको तर्फबाट महान्यायाधिवक्ताको नेतृत्वमा बहस हुनेछ । रिट निवेदक पक्षका कानुन व्यवसायीले संसद विघटन गर्नु असंवैधानिक रहेको र सोको पुनस्र्थापनासँगै गठबन्धनका उम्मेदवार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अदालतले आदेश दिनुपर्ने तर्क गरेका थिए ।

उक्त तर्कहरुको खण्डन र मुद्दाको प्रतिरक्षा गर्न सरकारी वकिल र अन्य प्रत्यार्थीका कानुन व्यवसायीका सरकार पक्षका कानुन व्यवसायीको बहस सकिएपछि पुनः रिट निवेदक पक्षका कानुन व्यवसायीले जवाफी बहस गर्न पाउनेछन् । त्यसपछि इजलासको फैसला आउने बताइएको छ ।

[sidebar name="button post"]