एक्स्काभेटरको बकेटले हिर्काएर वडाध्यक्षको हत्या

काठमाडौँ । सर्लाहीको ईश्वरपुर नगरपालिकाका अध्यक्ष सूर्यकुमार श्रेष्ठको हत्या भएको छ । वडा नम्बर ३ भक्तिपुरका अध्यक्ष श्रेष्ठको एक्स्काभेटरको बकेटले हिर्काएर हत्या भएको हो ।

सोही वडास्थित मुखलाल बाँधमा नगरपालिकाद्वारा भइरहेको पोखरी विस्तारको अनुगमन गर्न जाँदा जेभिसीको बकेटले हिर्काएर उनको हत्या गरिएको सर्लाही प्रहरीका एसपी सन्तोषसिंह राठोरले जानकारी दिए ।

निरीक्षणका लागि जाने क्रममा वडाध्यक्ष श्रेष्ठ, ठेक्केदार प्रेम दाहाल र जेसिभी चालक हर्षबहादुर तामाङसँगै खाजा खान एक होटलमा पुगेको गिए ।

खाजा खाएर पोखरीसम्म भनाभन जारी नै रहेको र सोही क्रममा वडाध्यक्षले चालक तामाङलाई हिर्काएपछि उनी रिसमा आएर जेसिभीको बकेटले प्रहार गरी श्रेष्ठको हत्या गरेको एसपी राठोरले जानकारी दिए ।

खोजबिन गर्दैजाँदा प्रहरीले जेसिभी चालक तामाङ र जेसिभी धनी दाहाललाई शनिबार बिहान पक्राउ गरेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

[sidebar name="button post"]