चलचित्र निर्देशक बिश्वदीप घिमिरेलाई पितृ सोक परेको छ। निर्देशक बिश्वदीप घिमिरेको पिता कमल प्रसाद घिमिरे ७८ बर्षको उमेरमा आफ्नै निजिनिवास कमलामाइ नगरपालिका -५ मधुटार सिन्धुलिमा स्वर्गारोहण हुनु भएको हो ।
घिमिरे सिन्धुली जिल्लाको कम्युनिस्ट बामपंथी आन्दोलनका अग्रज योद्धा २६ सालबाट कम्युनिस्ट आन्दोलनमा सकृय हुँदै आउनु भएको थियो।
घिमिरे लामो समयदेखि दम रोगबाट पिडित हुनुहुन्थ्यो। घिमिरेको दुई छोरा र दुई छोरी मिना बराल,सरिता गजुरेल,बिश्वदीप घिमिरे,मोहन घिमिरे छन्।
बामपंथी अग्रज घिमिरे नेपाल कम्युनिस्ट पार्टीको जिल्ला अध्यक्ष हुन्।
नेता घिमिरे प्रती हार्दिक श्रद्धाञ्जली ।
[sidebar name="button post"]









