कोलम्बियाका राष्ट्रपति सवार हेलिकप्टरमाथि गोली प्रहार भएको छ । राष्ट्रपति इभान दुकेसहितलाई लिएर भेनेजुएलाको सीमा नजिक उडेको हेलिकप्टरमाथि गोली प्रहार भएको हो ।
उत्तरी प्रान्त सान्तान्देरको कुकुता तर्फ उडिरहेको हेलिकप्टरमा राष्ट्रपति दुकेसँगै रक्षा मन्त्री, आन्तरिक मामिला मन्त्री र राज्यका गभर्नर थिए ।
राष्ट्रपतिका प्रवक्ताले घटनामा कसैलाई पनि केही नभएको बताएका छन् ।
आक्रमणको जिम्ममा अहिलेसम्म कुनै पनि समूहले लिएको छैन । तर वामपन्थी नेशनल लिबरेसन आर्मी (इएलएन) ले कोलम्बिया–भेनेजुएला सीमा क्षेत्रमा आफ्ना गतिविधि सञ्चालन गर्दै आएको छ ।
[sidebar name="button post"]









