जर्ज फ्लोइडको हत्या अभियोगमा दोषी ठहर भएका पूर्व प्रहरी चोभनलाई २२ वर्ष ६ महिनाको जेल सजाय

जर्ज फ्लोइडको हत्या अभियोगमा दोषी ठहर भएका पूर्व प्रहरी अधिकारी डेरेक चोभनलाई २२ वर्ष ६ महिनाको जेल सजाय भएको छ ।

न्यायाधीशले शुक्रबार चोभनको सजाय सुनाएका हुन् । पदमा रहँदा तोडेको विश्वास र अधिकार तथा फ्लोइडप्रति प्रदर्शित निर्ममताका आधार चोभनलाई सजाय तोकिएको बताएका छन् ।

गएको वर्ष अमेरिकाको मिनेशोटा राज्यको मिनियापोलसमा प्रहरीले पक्राउ गर्ने क्रममा गरेको ज्यादतीका कारण अश्वेत अमेरिकी ४६ वर्षे फ्लोइडको निधन भएको थियो ।

पक्राउको क्रममा ४५ वर्षे श्वेत प्रहरी अधिकारी (तत्कालीन) चोभनले फ्लोइटको घाँटीमा ९ मिनेट भन्दा बढि थिचेको र फ्लोइटले ‘आइ कान्ट ब्रिथ’ भनेको भिडियो सार्वजनिक भएको थियो ।

चोभनलाई हिंसात्मक अपराधिका रुपमा दर्ता गर्न र जीवनकाल भर बन्दुक (फायरआर्म्स) लिन नपाउने फैसला पनि अदालतले गरेको छ ।

फ्लोइडको परिवार र समर्थकले सजायको स्वागत गरेका छन् ।

[sidebar name="button post"]