११ असार, काठमाण्डौ। जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर शुक्रबारको मौसममा सामान्य देखि पूर्ण बदली रहने जनाएको छ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै शुक्रबार राति पनि देशभर सामान्य देखि पूर्ण बदली रहने छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा राति पनि हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हो।
प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक वा दुई स्थानमा राति पनि मेघगर्जन र चट्टयाङ्सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।
[sidebar name="button post"]











