११ असार, काठमाण्डौ। अमेरिकाको फ्लोरिडामा आवासीय भवन भत्किँदा एक जनाको ज्यान गएको छ । ३५ जनाको उद्धार भएको छ ।
सन् १९८० मा बनेको यो भवनमा २ सय ३० वटा फ्ल्याट छन् ।
फ्लोरिडाको मायामी शहरमा १२ तलाको एक आवासीय भवन भत्किएको हो । भवनमा बस्दै आएकामध्ये ९९ जना हराइरहेका बीबीसीले जनाएको छ ।
त्यहाँ उद्धारको काम भइरहेको छ । भवनको छतमा निर्माणको काम भइरहेका बेला भवन भत्किएको हो ।
[sidebar name="button post"]











