Ad #144479

८ असार, काठमाण्डौ। काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकामा वडा नम्बर १ मा रहेको लोकतान्त्रिक शहिद पार्कमा २०७८ साल असार ८ गते विश्वकै ठुलो दावी गरिएको १९३२ केजीको अस्टधातुको कागको प्रतिमा जडान गरिएको छ। बागमती प्रदेसका भौतिक पूर्वाधार विकास मन्त्रि रामेश्वर फुयालले २०६४ सालमा देखेको सपना २०७८ सालमा पुरा भएको छ।

२०६४ शालमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले शिलान्यास गरेको लोकतान्त्रिक सहिद उधानका लागि २०७० शालको निर्वाचनमा संविधान सभा सदस्य बनेका फुयालले ५ लाख रुपैंया बिनियोजन गरेर स्तम्भ निर्माण गरेका थिए। सो स्तम्भको संविधान सभाका अध्यक्ष सुवास चन्द्र नेम्वांगले शिलान्यास गर्नुभएको थियो।

२०५१ शालमा मनमोहन अधिकारी प्रधानमन्त्री भएको समयमा सो क्षेत्रको सडक पूर्वाधार विकासका लागि श्रम शिविर संचालन गरेका मन्त्रि फुयालको आव्हानमा सुन,चांदी ,तामा ,पित्तल,फलाम लगायतका ९ सय केजी कवाड संकलन गरेर १९३२ केजीको काग निर्माण गरिएको हो।यसमा करिव १ हजार केजी धातु खरिद गरिएको छ ।

नगरपालिकाको नामाकरण भएको पवित्र धार्मिक स्थल कागेश्वरी महादेव मन्दिरलाई कागेश्वरी धामको रुपमा विकास गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका काठमाण्डौ क्षेत्र नं ३ (२) बाट निर्वाचित प्रदेस सभा सदस्य समेत रहेका फुयालले आव २०७६ /७७ मा ४० लाख ( ३० लाख खर्च) र आव २०७७/७८ मा ४० लाख रकम बिनियोजन गर्नुभएको थियो।

कागेश्वरी धामको शिरमा रहेको सो काग नेपालका लागि कल्पवृक्ष हुने बताउँदै मन्त्रि फुयालले पाटनको नेपाल ढलोट उद्योगबाट उक्त कागको मुर्ति उधानमा पुगेकोमा सन्तोष ब्यक्त गर्नुभएको छ।

आफुले प्राप्त गरेको जानकारी अनुसार अहिले सम्म अमेरिकाको मिनेसोटामा १३ सय किलोको कागको मुर्ति रहेको बताउंदै मन्त्रि फुयालले कागेश्वरीमा अहिले जडान भएको प्रतिमाले विश्वकै ध्यान खिच्न सक्ने गरी प्रवर्धन गर्नका लागि अपिल समेत गर्नुभएको छ।

यो अभियान शुरु गर्दा धेरैले उढाउदै हाँसेको स्मरण गर्दै मन्त्रि फुयालले सो कागको प्रतिमामा मिसिएको फुली,तिलहरी,औंठी,तसला, घ्याम्पो सामान मात्र नभएर जनताको पसिना र स्नेह मिश्रण भएकोले आज निकै आनन्दित भएको अनुभव सुनाउनु भएको छ।