कांग्रेसको १४ औँ महाधिवेशन भदौ १६ देखि १९ सम्म गर्ने निर्णय

२९ जेष्ठ, काठमाण्डौ। नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन ९ दिन पर सार्ने भएको छ । शनिबार काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाण्डौमा महाधिवेशन गर्ने निर्णय भएको हो ।

सभापतिले विशेषाधिकार प्रयोग आगामी केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने गरी पदाधिकारी बैठकले महाधिवेशनको कार्यतालिका संशोधन गरेको काँग्रेसका एक नेताले बताए ।

यसअघि महाधिवेशनको मिति भदौ ७ देखि १० गतेसम्म तय भएको थियो। असार पहिलो सात वडा तहको अधिवेशन गर्ने कार्यतालिकालाई संशोधन गरी तेस्रो सातापछि सारिएको छ ।

आगामी दिनमा बस्ने केन्द्रीय कमिटी बैठकले पदाधिकारी बैठकमा भएको सहमतिलाई अनुमोदन गर्ने छ ।

[sidebar name="button post"]