चीनले विकास गरेको खोप सिनोभाकलाई विश्व स्वास्थ्य संगठनले आकश्मिक प्रयोगका लागि स्वीकृति प्रदान

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चीनले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप सिनोभाकलाई आकश्मिक प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ ।

डब्लुएचओबाट स्वीकृति प्राप्त गर्ने यो चीनले विकास गरेको दोस्रो खोप हो । यसअघि डब्लुएचओले सिनोफार्मलाई पनि आकश्मिक प्रयोगका लागि स्वीकृति प्रदान गरेको थियो ।

डब्लुएचओले स्वीकृति प्रदान गरेसँगै यी चिनियाँ खोपहरु सबैलाई खोपको समान पहुँचका लागि सुरु गरिएको कोभ्याक्स अभियान अन्तर्गत प्रयोग गर्नका लागि बाटो खुला भएको छ ।

डब्लुएचओले प्रमाणिकरण गर्नु पूर्व नै सिनोभाक विश्वका विभिन्न देशमा प्रयोग हुँदै आएको छ । डब्लुएचओले १८ वर्ष माथिकालाई सो खोप लगाउन मिल्ने बताएको हो ।

सुरक्षा, प्रभावकारिता तथा उत्पादन सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड सिनोभाकले पूरा गरेको डब्लुएचओले बताएको छ ।

[sidebar name="button post"]