१२ जेष्ठ, एजेन्सी। भारतबाट सिंगापुर जान लागेको एक पानी जहाजमा भीषण आगलागी भएको छ। श्रीलंकाको कोलम्बो हुँदै सिंगापुर जान लागेको एमभी एक्स-प्रेस पर्ल मालवाहक पानीजहाजमा आगलागीपछि बिस्फोट पनि भएको छ। श्रीलंका नौ सैनिकले मंगलबार पानीजहाजका चालक दलको उद्धार गरेको जनाएको छ।
२५ टन नाइट्रिक एसिड र अरू रसायन पनि बोकेको पानीजहाजमा शुक्रबार एउटा कन्टेनरमा आगो लागेको थियो।जहाजको चालक दलमा फिलिपिन्स, चीन, भारत र रूसका २५ जना थिए। तीमध्ये दुई जना घाइते भएका छन्।
आगो निभाउन श्रीलंकाली वायु सेनाको हेलिकप्टरबाट केमिकल फालिएको थियो भने जहाजमा रहेका कैयौं कन्टेनर समुद्रमा खसेका थिए।
पानीजहाजमा भएको रसायनबाट आगो लागेको हुन सक्ने बताइएको छ।
The MV X-Press Pearl off the coast of Colombo #Colombo #SriLanka #lka pic.twitter.com/paTKB71U84
— Colombo Favourites (@cmbfav) May 25, 2021











