राष्ट्रपतिको निर्णय : प्रधानमन्त्री बन्न देउवा र ओली दुबैको दाबी पुगेन, प्रतिनिधिसभा संवैधानिक रुपमा विघटनको प्रक्रियामा

८ जेष्ठ, काठमाण्डौ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम प्रधानमन्त्रीमा दाबी गर्ने एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरवहादुर देउवा दुबै जनाको बहुमतको आधार प्रस्तुत गर्न नसकेको ठहर गरेपछि अब प्रतिनिधिसभा संवैधानिक रुपमा विघटनमा गएको छ ।

राष्ट्रपति कार्यालयले शुक्रवार राति वक्तव्य जारी गर्दै प्रधानमन्त्रीका दुबै दाबेदारले पेश गरेको दाबीमा आधार नपुगेको जनाएको छ ।

धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठन हुन नसकेपछि अब प्रतिनिधि सभा संविधान वमोजिम भंग भएको छ । अब प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा मुुलुक चुनावमा जानेछ ।

[sidebar name="button post"]