रमिता दंगाल
२ जेष्ठ, काठमाण्डौ। कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ को दोस्रो डोज आजबाट लगाउन सुरु गरिएकाे छ। कागेश्वरी मनाेहरा नगरपालिका वडा नं. ९ मा रहेकाे गाेठाटार स्वास्थ्य चाैकीबाट आज २ सय ९७ जनालाई दोस्रो चरणको भेरोसेल खोप प्रदान गरिएको नगर स्वास्थ्य शाखा प्रमुख लक्ष्मी कोइरालाले जानकारी दिनुभयो।
आज चैत २५, २६,२७ र २८ गते भेरोसेलको पहिलो डोज लगाएका व्यक्तिहरुलाई दोस्रो मात्रा लगाइएको हो। खोप लागाउनेहरुमा २ सय २७ जना पुरुष र ७० जना महिला रहेका प्रमुख कोइरालाले बताउनु भयो।
त्यस्तै चैत २९ र ३० गते लगाएकाले जेष्ठ ३ गते, चैत ३१ र बैशाख २ गते खोप लगाएकाले जेष्ठ ४ गते, बैशाख ३ र ४ गते लगाएकाले जेष्ठ ५ गते, बैशाख ५ र ६ गते खोप लगाएकाले जेष्ठ ६ गते दोस्रो डोज लगाउन सक्नेछन्।
यस्तै, बैशाख ७, ८, ९ र १० गते पहिलो खोप लगाएकाहरुले जेष्ठ ७ गते, बैशाख ११ र १२ गते लगाएकाले जेष्ठ ८ गते, बैशाख १३ गते पहिलो डोज लिएकाले जेष्ठ ९ गते दोस्रो डोज लिन सक्नेछन्।
त्यसैगरी बैशाख १४ गते पहिलो डोज लिएका व्यक्तिहरुले जेष्ठ १० र बैशाख १५ गते खोप लिएकाले जेष्ठ ११ गते दोस्रो डोज लगाउन सक्नेछन्। पहिलो डोजको खोप लिएकाहरुले बिहान १० देखि ४ बजेसम्म नजिकको खोप केन्द्रमा गएर खोप लिन सक्नेछन्।
आजबाट लगाउन सुरु गएको उक्त खोप जेष्ठ ११ गतेसम्म लगाइने छ।











