चीनले अन्तरिक्ष अभियानमा ठूलो सफलता हाँसिल गरेको छ ।
सात महिनाको यात्रा तथा तीन महिनासम्म परिक्रमा गरेपछि रोवर मंगल ग्रहमा अवतरण भएको शनिबार सरकारी सञ्चारमाध्यमले जानकारी दिएको छ ।
शनिबार बिहान चिनियाँ यान जुरोङ्ग अवतरण भएसँगै मंगल ग्रहमा यो सफलता हाँसिल गर्ने विश्वको दोस्रो देश बनेको हो ।
यसअघि अमेरिकाले मात्रै मंगल ग्रहमा अन्तरिक्ष यान अवतरण गर्न सफल भएको थियो । मंगल ग्रहमा रोवर अवतरण गर्नु चीनका लागि ठूलो सफलता हो ।
जुरोङ्ग रोवरसँगैरहेको तिअन्वेन–१ नामक अर्बिटर पनि थियो, जो गएको फेब्रुअरीमा मंगल ग्रहमा पुगेको थियो ।
[sidebar name="button post"]











