जेष्ठ २ गतेदेखि काठमाण्डौमा दोस्रो चरणको चिनियाँ खोप ‘भेरोसेल’ लगाइने

३० वैशाख, काठमाण्डौ । चिनियाँ खोपको दोस्रो मात्रा आगामि जेष्ठ २ देखि लगाइने भएको छ । सरकारले चीनमा विकास भएको खोप भेरोसेलको दोस्रो डोज जेठ २ गतेदेखि लगाउने भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस अघि वैशाख २२ गते नै जेष्ठको २ देखि भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयअनुसार वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले खोप तालिका सार्वजनिक गरेको छ । दोस्रो डोज खोप लगाउन पहिलो डोज खोप लगाएको खोप कार्ड लिएर जानुपर्नेछ ।

[sidebar name="button post"]