काठमाडौं- पूर्व राजा ज्ञानेन्द्र शाह पूर्ण स्वास्थ्यपछि नर्भिक अस्पतालबाट डिस्चार्ज भएका छन्।
विगत १९ दिनदेखि अस्पताल भर्ना भई उपचार गराइ रहेका पूर्व राजाको स्वास्थ्य सामान्य बनेपछि बुधबार राति ८ बजे उनलाई डिस्चार्ज गरिएको अस्पतालले जानकारी दियो।
अस्पताल भर्ना गरिएकी पूर्व रानी कोमल शाहको स्वास्थ्यमा क्रमिक र सन्तोषजनक सुधार आएता पनि केही दिन अझै अस्पताल रहन चिकित्सकले सुझाव दिएका छन्।
[sidebar name="button post"]









