२८ वैशाख, काठमाण्डौ। कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि ७० जिल्लामा निषेधाज्ञा जारी भएको छ ।
वैशाख ७ देखि जारी हुन थालेको निषेधाज्ञा ७० जिल्लामा विस्तार भएको हो । त्यसमध्ये ६१ जिल्लामा पूर्ण र ९ जिल्लामा आंशिक आदेश जारी भएको छ । अब ७ जिल्ला मात्र खुला छन् ।
निषेधाज्ञाभर अत्यावश्यक बाहकेका सेवा र सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । कोरोना भाइरसको सङक्रमण देशभर नै बढिरहेकोले निषेधाज्ञा अझै बढ्न सक्ने मन्त्रालयले जनाएको छ ।
[sidebar name="button post"]









