२६ वैशाख, एजेन्सी । भारतमा लगातार संक्रमितको संख्या दिनदिनै बढ्न थालेपछि दिल्लीमा थप एक साता लकडाउन थपिएकाे छ ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा थप एक साता लकडाउन बढाउने निर्णय गरेका हुन् । उनले यसपटकको लकडाउन थप कडा हुने बताएका छन् ।
लकडाउनभन्दा पहिला कोरोनाको संक्रमण दर ३५ प्रतिशत रहेकोमा यसपटक घटेर २३ प्रतिशतमा आएको । केजरीवालले लकडाउन लम्ब्याउनु आफ्नो रहर नभई बाध्यता भएको उल्लेख गरेका छन् । सोमबारदेखि दिल्लीमा मेट्रो रेल पनि चल्ने छैन । यो लकडाउन १७ मेसम्म जारी रहने छ ।
गत अप्रिल १९ मा केजरीवालले ६ दिनका लागि लकडाउनको घोषणा गरेका थिए । त्यसपछि उक्त लकडाउन मे ३ र मे १० मा गरी दुई पटक लम्ब्याइएको थियो ।
दिल्लीका अस्पतालमा बिरामीको चाप अत्यधिक रहेको र अक्सिजन र आवश्यक औषधिको पनि अभाव हुन थालेपछि सरकारले लकडाउनको घोषणा गरेको थियो ।









