Ad #144479

२४ वैशाख, काठमाण्डौ। कागेश्वरी मनोहरा नगरपालिकाले जात्रा संचालन सम्बन्धि सार्वजनिक सुचना जारी गरेको छ।

नगर प्रवक्ता राजाराम पुडासैनीले जारी गरेको उक्त सुचनामा जिल्ला प्रशासन कार्यलय काठमाण्डौको मिति २०७८ वैशाख २१ को जारी आदेश बमोजिम २०७८ साल वैशाख १६ गतेदेखि २०७८ साल वैशाख २९ गते सम्म काठमाण्डौ जिल्ला भर लागु हुने गरि निषेधाज्ञा जारी भएको हुँदा कागेश्वरी मनोहरा नगरपालिका भित्र एतिहासिक रुपले अक्षय तृतीयाको समयमा संचालन हुँदै आएको नेवार सम्पदाय लगायतले मनाउँदै आएको गणेश तथा भैरब जात्रा संचालनका सम्बन्धमा बिभिन्न वडा बाट जात्रा संचालन गर्ने वा नगर्ने बिषयमा नगरपालिकाको ध्यानाकर्षण भएको हुँदा नेपाल सरकारको स्वास्थ्य सम्बन्धि निर्देशन पालना गरि नियमित नित्य पुजा बाहेक अन्य कार्य संचालन नगर्न /नगराउनु भन्ने निर्देशन अनुसार जात्रा संचालनमा रोक लगाएको सार्वजनिक सुचना मार्फत जानकारी गराएको छ ।