पछिल्लो समय दक्षिण एसियामा बढ्दै गएको कोरोना भाइरसको संक्रमणले बालबालिकामा बढी असर परेको देखिएको छ।
यूनिसेफले एक विज्ञप्ति जारी गर्दै जनस्वाथ्य संकटविरूद्व प्रतिकार्य गर्ने क्रममा यसले बालबालिकामा पारिरहेको गम्भीर असरलाई बिर्सन नसकिने भन्दै बालबालिका अभूतपूर्ण रूपमा रोगबाट प्रभावित भएको जनाएको छ।
संक्रमणबाट जोगिनका लागि आफ्नो व्यक्तिगत जिम्मेवारीलाई नभुलेर मास्क लगाउने, पटक–पटक साबुन पानीले हात धुने, दुरी कायम गर्न र पालो आउने बित्तिकै खोप लगाइहाल्न विज्ञप्तमिा उल्लेख गरिएको छ।
उत्पादनमा वृद्वि तथा आवश्यकता अनुसार प्रविधि हस्तान्तरण गरेर भए पनि खोपको वितरण सबै देशमा खोपको समुचित रूपमा हुने कुरा सुनिश्चित गरिनुपर्दछ’, विज्ञप्तमिा भनिएको छ, ‘साथै, स्वास्थ्य सेवाको लागि उपलब्ध साधन श्रोतको अन्यत्र प्रयोग तथा सेवा प्रवाह नै पूर्ण क्षमतामा सञ्चालित भइरहेकाले बालबालिकाको लागि अत्यन्तै महत्वपूर्ण नियमित खोप कार्यक्रमसमेत पूर्ण वा आंशिक रूपमा बन्द हुने जोखिम बढेको छ।’












