आजको मौसम पूर्वानुमान : देशभर बदली, हावाहुरीसहित वर्षाको सम्भावना

१७ वैशाख, काठमाण्डौ। जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर शुक्रबारको मौसममा आंशिकदेखि सामान्य बदली भइ कतिपय स्थानमा पानी पर्ने सम्भावना रहेको जनाएको छ। शुक्रबार देशका तराईका भूभागमा आंशिक बदली र पहाडी भूभागमा सामान्य बदली रहने छ।

पहाडी भूभागका केही स्थानमा र तराईका एक–दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।शुक्रबार राति पनि तराईका भूभागमा आंशिक बदली र पहाडी भूभागमा सामान्य बदली रहनेछ।

महाशाखाको अनुसार देशका पहाडी भूभागका थोरै स्थानमा राति मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। अहिले बिहान देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ।

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ।

[sidebar name="button post"]