१६ वैशाख, काठमाण्डौ। नेपाली बजारमा सरकारले उपत्यकामा निषेधाज्ञा लगाएको पहिलो दिन बिहीबार सुनको मूल्य तोलामा रु ३०० ले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा ९० हजार ८०० रुपैयाँमा कारोबार भएको हो । बिहीबार तेजाबी सुन तोलामा ९० हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै चाँदीको मूल्य तोलामा १३१५ रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी तोलामा १३०५ रुपैयाँमा कारोबार भएको थियो ।
[sidebar name="button post"]









