जनकपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु

१३ वैशाख, धनुषा। धनुषामा आज भएको सडक दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरमा आज यात्रुवाहक बसको ठक्करबाट एक महिलाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–८ बस्ने ६८ वर्षीया बेच्नीदेवी मण्डल रहेको प्रहरीले जनाएको छ । मण्डललाई बाटो काट्ने क्रममा जनकपुरधामबाट राजविराज जाँदै गरेको ना४ख ८०६१ नंको बसले रामानन्दचोक नजीक ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।

बस र त्यसका चालक प्रहरीको नियन्त्रणमा रहेको र मृतकको शवपरीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

[sidebar name="button post"]