Ad #144479

६ वैशाख, काठमाण्डौ। सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने भएकाे छ । साेमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ । आज ११ बजे एमालेकाे केन्द्रीय समिति बैठक भएकाेले प्रधानमन्त्री केपी ओलीले त्यसअघि नै मन्त्रिपरिषद बैठक बसेकाे बताइएकाे छ ।

आज दिउँसो १ बजेबाट अधिवेशन अन्त्यको निर्णय गरिएको छ । जेठ १५ गते बजेट ल्याउने र त्यसअघि नै सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने भएकाले अधिवेशन अन्त्यको निर्णय गरिएको स्रोतले जनाएको छ । हिउँदे अधिवेशन अन्त्य भएपछि बजेट अधिवेशन सुरु हुने छ । त्यसको मिति पनि सरकारको सिफारिसमा राष्ट्रपतिले नै तोक्ने व्यवस्था छ ।