३१ चैत्र, काठमाण्डौ। कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भइरहेको समयमा विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना महामारी अन्त्य हुन समय लाग्ने जनाएको छ ।
डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानम ग्याब्रियसससले कोरोना महामारी अन्त्य हुन लामो समय लाग्ने बताएका हुन् । यद्यपि, अबको केही महिनामा नै जनस्वास्थ्यको मापदण्ड पालना गर्दै महामारीलाई नियन्त्रणमा ल्याउन सकिने उनको भनाइ छ ।
ग्याब्रियससले आफूहरु पनि सामाजिक गतिविधि र अर्थतन्त्र पुनः खुलेको र व्यापार तथा पर्यटन क्षेत्र सञ्चालन भएको हेर्न चाहेको बताए । अहिले पनि धेरै मुलुकको आईसीयू भरिइसकेको र मानिसहरुको मृत्यु भइरहेको अवस्थामा यो सही नहुने उनको भनाइ छ ।
उनले पछिल्लो समय कोरोना संक्रमण बढ्नुको कारण यसबारेको अन्योल, हल्कारुपमा लिने प्रवृति र जनस्वास्थ्यको नियम पालना नगर्नु रहेको बताए ।
[sidebar name="button post"]









