सिंह राशि हुनेहरुको लागि वि सं २०७८ सालको भाग्य कस्तो छ ? हेर्नुहोस् बार्षिक राशिफल

(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :

२०७८ साल सिंह राशि भएका व्याक्तिहरूका लागि यो साल शुभ नै रहनेछ । रोकिएका अधूरा कार्यले पूर्णता पाउनेछ । आफ्नो नजिकैका व्यक्तिबाट भरपूर साथ र सहयोग मिल्ने र विजय प्राप्त हुनेछ ।

२०७८ साल सिंह राशि भएका व्याक्तिहरूका लागि यो वर्ष निकै राम्रो रहनसक्छ । २०७८ साल सिंह राशि भएका व्याक्तिहरूका लागि शुभ रङ्ग सेतो, रातो, खैरो र पहेँलो शुभ रङ्ग हो भने ३, ५, ६ र ९ शुभ अङ्क हो । जग्गाजमीनको कामले भने विवाद बढ्न सक्छ ।

शैक्षिकक्षेत्रमा गरेको कारोबारबाट राम्रो आम्दानि गर्न सकिनेछ, बैदेशिक क्षेत्रमा लगानीका लागि समय राम्रो छ । सेयर बजारमा भने त्यति राम्रो नहोला । शत्रुसँगको सम्बन्ध सुल्झन पनि सक्छ ।यो वर्ष नयाँ रोजगार वा व्यवसायको सुरुवात हुने राम्रो योग रहेकोछ ।

आफुले गरेको प्रेम सम्बन्धलाई परिवारले समर्थन गर्न गाह्रै पर्ला । विग्रिएको पारिवारिक सम्बन्धलाई घर परिवारमा हुने शुभ तथा मांगलिक कार्यले मजबुत बनाउने। पढाई-लेखईको लागि विदेश जाने योग पनि छ ।

वैदेशिक, राजनैतिक तथा कूटनैतिक क्षेत्रका व्यक्तिहरूलाई निकै राम्रो हुने। वर्षको सुरुमा चोटपटक र अस्पताल सम्मको यात्रा गर्नुपर्ला । घरपरिवारको स्वास्थयमा पनि खर्च बढ्नेछ ।

प्रत्येक मंगलबार गणेशजीलाई सिन्दूर चढाउनाले र असहायलाई सहयोग गर्नाले ग्रहपिडा कम हुनेछ । कुनै शुभ कर्म गर्नुपूर्व या यात्रामा जानु अघि गणेशजीको स्मरण गर्नाले राम्रो हुनेछ ।

बलराम उपाध्याय खकुरेल

ज्योतिष तथा बास्तुविद्

                             राशिफलले जे जस्तो भनेपनि तपाईंको २०७८ साल शुभ रहोस् ।

[sidebar name="button post"]