(टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :
२०७८ साल कन्या राशि भएका व्याक्तिहरूका लागि यो वर्ष सामान्य नै हुने देखिन्छ । चिन्ता, हानी, वाधा, नोक्सानी र कार्यसम्पादनमा उल्झन आउनसक्छ ।
प्रेम सम्बन्ध विवाहमा परिणत समेत हुन सक्छ, तर दाम्पत्य जीवनमा मतभेद बढ्ने सम्भावना रहन्छ ।यो वर्ष पहिरन, स्टेशनरी, प्रेस, तथा स्वस्थय व्यवसायीलाई राम्रो फाईदा हुनेछ । घरजग्गा व्यवसायमा उल्झन र नोक्सानी पनि हुनसक्छ ।पार्टनरसिपमा गरेको कार्यमा पनि विवाद उत्पन्न हुन सक्छ अत: विचार पुर्याउनु पर्नेछ ।
आर्थिक दृष्टिले असार, साउन र मंसिर महिना राम्रो हुनेछ । २०७८ साल कन्या राशि भएका व्याक्तिहरूका लागि शुभ रङ्ग रातो, हरियो, खैरो र पर्पल शुभ रङ्ग हो भने १, ३, ४, र ५ शुभ अङ्क हो ।
नयाँ लगानीको अवसर मिल्नेछ र नयाँ कार्यको थालनी पनि हुनेछ ।कानून, कृषि र वाणिज्य विषयका विद्यार्थीरूको लागि भने यो वर्ष कमजोर सावित हुनसक्छ ।जति पढे पनि स्मरण गर्न गाह्रो हुने र पढाईमा ध्यानाकर्षण नहोला । आई. टी. र गणित विषयका विद्यार्थीरुले पढाईमा उत्कृष्ट नतिजा पाउनेछन् ।
रोजगाकालागि विदेश जानेहरूका लागि राम्रो छ । सरकारी जागिरेलाई सरुवा र बडुवाको योग छ । आफ्नो साथि भाइको लागि औषध उपचारमा धन खर्च बढ्नेछ । अनुहारमा तथा छाला संग सम्बन्धि समस्या पनि बढ्ला र आफ्नो तथा
बिहिवार विष्णु भगवानको पूजा गरि शाकाहारी भोजन गर्नाले राम्रो हुनेछ । प्रत्येक बिहिवार निमुखा पशु पक्षीलाई खानेकुरा दिने र दिनदुखीलाई सहयोग गर्नाले भाग्यमा वृद्धि हुनेछ ।
बलराम उपाध्याय खकुरेल
ज्योतिष तथा बास्तुविद्
राशिफलले जे जस्तो भनेपनि तपाईंको २०७८ साल शुभ रहोस् ।










